काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उक्त निर्णयबारे एक खालको राजनीतिक सहमति भएकाे बताइएकाे छ ।

केही समयअघि बसेकाे सर्वदलीय बैठकमा टिकटक बन्द गर्ने/नगर्नेबारे सरकारले १२ बुँदे पक्षधरहरूसँग राय लिएको बालुवाटार स्राेतले इकागजलाई जानकारी दिएकाे हाे ।

स्राेतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई भेटेर माैखिक सहमति लिएपछि आज सरकारले टिकटक बन्द गर्ने निर्णय गरेकाे हाे ।

टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले तत्कालका लागि त्यसलाई बन्द गर्ने निर्णय गरिएको सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । नेपालमा टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय गर्ने उनले बताइन् ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com