काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.तोशिमा कार्कीले जाजरकोट अस्पताललाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अस्पताललाई चाहिने सामान जुटाउनका लागि सहयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत नै संघीय तथा प्रादेशिक स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्नका लागि ध्यानाकर्षण गराउँदै मनकारी नेपालीजनलाई सहयोग गर्नका लागि पनि अपिल गरेकी छन् ।

कार्कीले लेखेकी छन्, ‘जाजरकोट अस्पतालमा उपकरण थप्ने विषयमा केही साथीहरूले मलाई सांसद विकास कोषबाट गर्नुस् न भन्नुभएको रहेछ। पुनस् जानकारी गराउँछु, त्यो निर्वाचन क्षेत्र विकाष कोष र सांसद विकास कोष सर्वोच्च द्वारा रोक्का भरसकको अवस्था छ । यद्दपी मेरो एक महिनाको तलब यो अस्पताललाई चाहिने सामान जुटाउनमा सेवाभाव साथ सानो सहयोग गर्नेछु । नेपाल सरकार स्वास्थ्य मन्त्रालय (सङ्घ, प्रदेश)लाई पनि ध्यानाकर्षण गराएको छु । हजुरहरू मनकारी नेपालीजनले पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ । आशा छ चाँडै नै जाजरकोट जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सहित आईसीयु सञ्चालन सुरु गर्न सकिनेछ ।’

जाजरकोट अस्पतालमा उपकरण थप्ने विषयमा केही साथीहरूले आफुलार्य सांसद विकास कोषबाट सहयोग गर्न अनुरोध गरेको भए पनि निर्वाचन क्षेत्र विकाष कोष र सांसद विकास कोष सर्वोच्च अदालतले रोक लगाइसकेको भन्दै एक महिनाको तलब सुविधा उपलब्ध गराउने उनको भनाई छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com