काठमाडौं । भारतको जम्मु-कश्मिरमा बस दुर्घटना  हुँदा मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ।

बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा सडकबाट ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

बिबिसी हिन्दीका अनुसार दुर्घटनामा परी चालकसहित ३९ जनाको मृत्यु भएको हो।

दोडा–बटोटे राष्ट्रिय राजमार्गको राजगढबाट करिब ४ किलोमिटर अगाडि बस सडकबाट चिप्लिएर पुरानो जीर्ण सडकमा खसेको हो।

३८ सिट क्षमताको बसमा ५६ जना यात्रु सवार रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ।
घुम्ति सडक र तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइहेको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई  २ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्।

 

प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com