काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । यूएईमा भइरहेको उक्त खेलमा घरेलु टोलीसँग नेपाल ४-० गोलले पराजित भएको हो ।

नेपालविरुद्ध मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादी र फावियो लिमाले एक-एक गोल गरे । १०औं मिनेटमा अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादीले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा युएईले पेनाल्टी पाएको थियो । अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा मखबूटले अर्को गोल थपे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे ।

पहिलो हाफमा गरेका ४ गोल नै नेपाललाई पराजित गर्न पर्याप्त भएको थियो । दोस्रो हाफमा कुनै पनि टीमले गोल गर्न सकेनन् ।
नेपालले पहिलो चरणमा लाओसविरुद्ध जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको थियो । दोस्रो चरणको दोस्रो खेल नेपालले नोभेम्बर २१ मा यमनविरुद्ध काठमाडौंमा खेल्नेछ ।

प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com