काठमाडौं– भाइटीकाको अघिल्लो दिन ललितपुरबाट पक्राउ परेका भीआईपी जुवाडेहरु भाइटीका लगाएपछि पुनः प्रहरी हिरासत पुगेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले भाइटीकाको अघिल्लो दिन नेपाली सेनाका पूर्व दुई तारे जर्नेल (उपरथी) होम लावतीसहित ८ जना भीआईजी जुवाडेलाई पक्राउ गरेको थियो।

त्यतिबेला पूर्वउपरथी लावतीसहित रेमकुमार लिम्बू, सञ्जिव महर्जन, देवराज लिम्बू, प्रकाश काफ्ले, अस्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोश लिम्बू पक्राउ परेका थिए।

भाइटीकाको अघिल्लो दिन पक्राउ परेकाहरु छुटेका थिए। उनीहरुलाई प्रहरीले भाइटीका लगाएपछि पुनः प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडेको थियो।

भाइटीका लगाएपछि पुनः प्रहरी कार्यालयमा उपस्थित हुने सर्तमा छुटेका उनीहरु हिजो बिहीबार आफैं प्रहरी कार्यालय पुगेका थिए। उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

उनीहरुलाई आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर १५ स्थित क्लासिक टावरको ‘ए’ ब्लकको छैटौं तल्लाबाट उनीहरुलाई पक्राउ गरिएको थियो। उनीहरुबाट प्रहरीले १६ लाख ८२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको थियो।

प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com