काठमाडौं । राजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापाको बिर्तामोड जाने भएका छन् । पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न उनी त्यता जान लागेका हुन् ।

राजा ज्ञानेन्द्रले सो दिन दिउँसो १ बजे पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा शालिक अनावरण गर्ने कार्यक्रम छ । इकम कलेजले गत वर्षदेखि नयाँ भवनबाट पठनपाठन सञ्चालन गरिरहेको छ ।

कलेजमा रहेको शालिक अनावरण राजा ज्ञानेन्द्रको हातबाट गर्न व्यवस्थापनले निकै कसरत गरिरहेको थियो । राजावादीहरुले राजा ज्ञानेन्द्रको स्वागतका लागि मेचीनगरबाट र्याली निकाल्ने तयारी गरेको छ ।

यता, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ७ गते काठमाडौँमा बृहत आन्दोलन गर्दैछन् । प्रसाईँले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा देशभरबाट मान्छे बटुलेर काठमाडौंमा ठूलो शक्ति प्रदर्शनको तयारी गरेका छन् ।

प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com