कैलाली । गएराति कैलालीको धनगढीमा आगलागी भएको छ ।

धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

विद्युत् सर्ट भएर शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com