काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतलाई तेस्रो झड्का लागेको छ।

पहिलो विकेटका रुपमा शुभमन गिललाई गुमाए भारतले कप्तान रोहित शर्मा र श्रेयस अय्यरलाई पनि गुमाएको छ।

रोहितको विकेट म्याक्स्वेलले लिए भने यय्यरको अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले लिएका हुन्। रोहितले ४७ रन बनाए भने यय्यरले तीन बलमा चार रन बनाउँदै आएट भए।

यसअघि गिललाई पनि भारतले सात बलमा चार रन बनाएर गुमाएको थियो। भारतले १० दशमलव २ ओभरमा ८१ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com