काठमाडौँ । रुकुम पूर्व केन्द्रविन्दु भएर आइतबार दुईवटा भूकम्प गएका छन् ।

दिउँसो २ बजेर ५९ मिनेट जाँदा रुकुम पूर्वको टाका केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र बेलुकी ४ बजेर ४७ मिनेट जाँदा हुकम केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि सो क्षेत्रको आसपास सयौंको संख्यामा स-साना भूकम्पहरु गइरहेका छन् ।

जाजरकोटमा भूकम्प गएपछिको विशेष गरेर जाजरकोटसहित रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com