काठमाडौँ । आचार्य लेखिएको जुत्ताको प्रचार भाइरल भएपछि ‘आचार्य बन्धु समाज’ले प्रहरीमा उजुरी गर्ने भएको छ ।

समाजको केन्द्रीय समितिको बैठकले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीविरुद्ध प्रहरीमा उजुरी दिने निर्णय गरेको हो।

समाजले आचार्य नाम गरेको जुत्ताको प्रचारलाई भाइरल गर्न उत्पादक कम्पनीले सामाजिक सञ्जालमा ‘ पोस्ट बुस्ट ‘ समेत गरेको बताएको छ ।

आचार्य समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले जुत्तामा आचार्य नाम लेखिएकोप्रति घोर आपत्तिसमेत जनाएका छन् । ‘जुत्तामै आचार्य लेखिएको रहेछ। त्यतिमात्र होइन उत्पादक कम्पनीले आचार्य जुत्ताको प्रचारलाई बुस्टसमेत गरेको छ। उनले भने, ‘यसले आचार्यहरुको मानमर्दन गरेको छ। यसविरुद्ध हामी प्रहरीमा जान्छौँ र कम्पनीलाई कारवाहीका लागि निवेदन दिन्छौँ।’

अध्यक्ष आचार्यका अनुसार  आचार्य समाजले तत्काल उक्त जुत्तामा लेखिएको आचार्य थर हटाउन माग गरेको छ । सँगै कम्पनीलाई माफी माग्न लगाउने र कारवाहीका लागि उजुरी दिने निर्णय समाजले गरेको उनले बताएका छन् । उक्त आचार्य जुत्ता उत्पाद कम्पनीविरुद्ध आचार्य समाज सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो जाने तयारी गरेको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com