काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा बस दुर्घटना हुँदा रुखमा अड्किएका बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामा रहेको घटनास्थलमै रहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगूले जानकारी दिए।

उद्धारका लागि डिएसपीको नेतृत्वमा जिल्लाबाट घटनास्थलसम्म टोली गएको थियो। पशुपतिनगर इलाका प्रहरी र आइतबारेस्थित सशस्त्र प्रहरीको बेसक्याम्पबाट पनि उद्धार टोली खटिएको थियो।

अहिले मृतक बालकको शव झापाको बिएन्डसी अस्पताल पठाइएको छ भने अरू ३६ घाइतेको पनि त्यही अस्पतालमा उपचार भइरहेको उनले बताए। घटनास्थलमा उद्धार गरिसकिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
बसमा सवार ३७ मध्ये ३६ यात्रु दुर्घटनामा घाइते भएका हुन्। ‘बाटो अत्यन्त जाम भएका कारण उद्धार गर्न कठिन भएको थियो,’ उनले भने।

धनुषाधाम नगरपालिकाबाट शैक्षिक भ्रमणका लागि आएको बस कन्याम घुमेर फर्किनेक्रममा दुर्घटना भएको हो। ना ६ ख ८४२४ नम्बरको राजमार्गबाट खसेर दुर्घटना भएको हो।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com