इलाम– शैक्षिक भ्रमणका लागि इलाम गएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ।  मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।

विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए। दुर्घटनामा आइतबार साँझ वडा नम्बर ९ कै  १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो।

शैक्षिक भ्रमणका लागि धनुषाबाट इलामको कन्याम आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये ३ जनाको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अन्य २ जनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ। उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ।
बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com