एजेन्सी । इटलीमा प्रेमिकाको हत्याको आरोपमा ३० वर्षको जेल सजाय पाएका एक पुरुषलाई  रिहा गरिएको छ । जेलमा कैदीहरुलाई  दिइने खानेकुराले तौल घटाउने अवस्था नभएपछि डिमिट्री फ्रिकानो नामक गरेका ती पुरुषलाई रिहा गरिएको समाचारमा उल्लेख छ ।

सन् २०१७ मा डिमिट्री फ्रिकानो र उनकी प्रेमिका एरिका सार्दिनिया घुम्न गएको बेलामा दुई जनाबीच झगडा भयो । झगडाले ठूलै रुप लिएपछि उनले एरिकाको हत्या गरे । शुरुमा भने डिमिट्रीले लुटेराहरुले लुटपाटका क्रममा प्रेमिकालाई मारेको प्रहरीलाई बताएका थिए ।

अनुसन्धानका क्रममा उनले नै ५७ पटक चक्कु घोपेर प्रेमिकालाई मारेको थाहा भयो । झगडाको बिउ भने खाने बेलामा पाउरोटीको टुक्रा ओछ्यानभरि छरिनु थियो । २ वर्षपछि मुद्दाको पेशी शुरु भयो । तर कोरोना भाइरसको महामारीका कारण पेशीमा ढिलाई हुँदा सन् २०२२ मा मात्रै डिमिट्रीलाई ३० वर्षको जेल सजाय सुनाइयो । जेलमा उनी डरै लाग्ने गरी मोटाउँदै गए । जेलको खानाले उनको तौल घटाउनै नसकेपछि उनलाई यही जेलबाट रिहा गरियो ।

काराबासको सजाय पाएको बेलामा डिभिट्रीको तौल १२० केजी थियो । अर्को १२ महीनामा उनी मोटाएर २०० केजी पुगे । तौल यो स्तरमा पुग्नु भनेको मुटुको रोगको जोखिम उच्च हुनु हो । डिमिट्री मोटाएर यति भिमकाय भएका थिए कि वैशाखी वा ह्विलचेयरको साहायता बिना उनी जेलमा यताउति गर्न पनि सक्दैनथे । जेलमा लो क्यालोरी भएको भोजन असम्भव भएको अनि मोटोपना र जति बेला पनि चुरोट खाइरहने बानीका कारण मृत्युको जोखिम उच्च भएको भन्दै उनलाई जेलमुक्त गरिएको जनाइएको छ ।

डिमिट्रीको बाँकी कारावासको सजाय घरमै नजरबन्द रहेर पूरा गर्नेछन् । स्थितिमा सुधार आयो भने उनी जेलमा फर्किन पनि सक्छन् ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com