काठमाडौं । लिग चरण र सेमिफाइनल गरी लगातार १० खेलमा अपराजित रहँदै उत्कृष्ट लयमा रहेको भारत फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदा स्तब्ध बनेको छ।

सन् १९८३ मा पहिलो उपाधि जितेको भारत पछिल्लो पटक २०११ मा च्याम्पियन बनेको थियो। विश्वकपको लगातार १० खेलमा जित हात पारेको भारतका लागि फाइनलमा ब्याटिङ नचल्नु दूर्भाग्य बनेको छ।

खेल हारेपछि भारतीय क्रिकेटर विराट कोहली पनि स्तब्ध भए। उनी चुपचाप देखिए। खेल सकिएपछि उनी श्रीमती अभिनेत्री अनुष्का शर्मा भएको ठाँउ पुगे। विराटको राम्रो नराम्रो दुवै अवस्थामा सधैं साथ हुने अनुष्काले बताउँदै आएकी छन्।

उनीहरू एकअर्कालाई भावुक हुँदै अंगालोमा बाँधिएका थिए। दुवैजना रोए। उनीहरूलाई देख्ने वरपरका दर्शक पनि भावुक भएका थिए। उनीहरूकै नजिक रहेकी अभिनेत्री अथिया शेट्टी पनि भावुक हुँदै उभिरहेकी थिइन्।

क्रिकेटर विराटले विश्वकप २०२३ मा सर्वाधिक रन बनाए। उनले ७६५ रन बनाउँदै एकै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्। यसअघि सचिन तेन्दुलकरले २००३ मा ६७३ रन बनाएका थिए।

११ इनिङमध्ये दुई पटक मात्र कोहलीले कम्तिमा अर्धशतक बनाउन सकेनन्। उनले प्रतियोगितामा तीन शतक प्रहार गर्दै एकदिवसीय खेलमा ५० शतकको विश्वकीर्तिमान बनाउँदै सचिनलाई पछि पारेका थिए।

 

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com