काठमाडौं । मंसिर ७ गते काठमाडौंकेन्द्रित प्रदर्शन गर्न लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘नागरिक बचाउ अभियान’ नाम दिएर काठमाडौंकेन्द्रित गर्न लागेको प्रदर्शनको उद्देश्य छ- व्यवस्था नै उल्टाउने।

एमालेले पनि त्यही दिन कार्यक्रम पारेकाले मुठभेड हुन सक्ने जोखिमको आकलन सुरक्षा निकायले गरेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार, मंसिर ७ गते २० देखि २२ हजारसम्म मानिस बाहिरबाट प्रदर्शनका लागि आउन सक्ने आकलन गरिएको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखले सोमबार नै बैठक बसी विशेष निगरानी बढाउने निर्णय गरेका छन्। प्रहरीले आइतबारदेखि नै ठाउँठाउँमा जाँच र निगरानी गरिरहेकै छ।

 

यता प्रसाईँले प्रदर्शन शान्तिपूर्ण हुने र सहभागीलाई अनुशासनमा राख्न सक्दो प्रयास गर्ने बताएका छन्। काठमाडौंका सडकमा हुने प्रदर्शनका लागि निश्चित नारा तय गरिएको प्रसाईं बताउँछन्।

‘हामीले तोकेभन्दा फरक खालका नारा लगाए भिजिलान्ते भनेर पक्राउ गरेर सुरक्षा निकायलाई बुझाउँछौं,’ प्रसाईंले भने । ‘हामी मुठभेड चाहदैँनौ, कसैलाई आक्रमण गर्दैनौं,’ कार्कीको भनाइ छ, ‘तर आक्रमण भइहाले प्रतिकार गर्छाैँ।’

उनकै भनाइमा प्रतिरक्षा गर्न पाँच हजारको युवा दस्ता तयारी अवस्थामा छ। प्रसाईँले घोषणा गरेको अभियानमा ११३ संघ–संस्थाले साथ दिएको बताएका छन्। विभिन्न जिल्लाबाट मानिस ओसार्ने काम पनि तिनै संघसंस्थामार्फत् गरिँदै छ।

आर्थिक विषय मिलाउन पनि विशेष टोली बनाइएको छ। कति खर्च हुन्छ भन्ने विषय भने अभियानले खुलाएको छैन। ‘प्रत्येक सहभागीले आफ्नो खर्च आफै बेहोर्छ,’ प्रसाईं भन्छन्, ‘खाद्यान्न, पार्टी प्यालेस आदि पनि हामीले दानबाटै पाएका छौँ।’

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com