काठमाडौं । एपिवान टेलिभिजनले दुर्गा प्रसाईंको अन्तर्वार्ता प्रसारण रोकेको छ। ‘ब्राभो डेल्टा शो’ नामक कार्यक्रमका लागि भुषण दाहालले लिएको प्रसाईंसँगको अन्तर्वार्ता अन्तिम समयमा प्रसारण रोकिएको हो।
दाहालले ट्विटरमा दिएको जानकारीअनुसार व्यवस्थापनको हवाला दिँदै कार्यक्रम प्रसारण नहुने जानकारी उनलाई दिइएको छ। दाहालले भनेका छन्,- ‘वाह! लोकतन्त्र। ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपिवान एचडीबाट प्राप्त भएकोले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।’
कार्यक्रम आज बेलुका ९ बजे प्रसारण हुने तालिका थियो। आज दिउँसो दाहालले ट्विटरमा अन्तर्वार्ताको क्लिप सार्वजनिक गर्दै टेलिभिजनप्रती खेदप्रकट गरेका छन्।
प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार
प्रतिक्रिया