काठमाडौँ । नेपालले अनुदानमा भारतबाट नस्ल सुधारका लागि ल्याइउन लागेको मुर्रा राँगालाई भारतीय भन्सारले रोकेकाे छ ।

बाँकेको नेपालगंजस्थित रुपैडिहा–जमुनाहा नाकाबाट आज भित्र्याइएने भनिएको १५ वटा मुर्रा राँगाको भन्सार अनुग्य पत्र (बिल) भारतीय भन्सारले माग गरेको हो ।

अनुदानमा ल्याउन लागिएको ती राँगाको बिल नहुँदा भारतीय भन्सारले रोक लगाएको नेपालगंजस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णले बताए । राँगा दुईवटा ट्रकमा ल्याइउन लागिएको हो । भारतस्थित पन्जाबबाट पुनः बिल बनाएर ल्याउनु पर्ने भएकाले ती राँगालाई भारतीय भन्सारमा नै राखिएको छ । सो बिल आएपछि भारतीय भन्सारले राँगालाई पठाउने तयारी गरेको कर्णले बताए ।

उन्नत जातका मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरुप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ । पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ ।

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com