काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले बल्खुमा पाँच सात हजार मान्छे ल्याउँदा सरकार थर्कमान भएको टिप्पणी गरेका छन् । राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन भएपनि सरकारको जग नभएको उनको भनाइ छ ।

उनले भने, ‘हिजो बल्खुमा भोलि उठि कहाँ जाने थाहा छैन भन्ने खालका । कहाँ हिँड्या हुन् थाहा छैन। केका लागि हिँड्या थाहा छैन । के माग हो ? के नारा हो ? थाहा छैन । हाहाहुहु गर्न जान पाइन्छ भनेपछि हेर्न आए । यो सरकार त्यतिकैमा थर्कमान् छ । पाँच सात हजार मान्छे यसो हेर्न आए होलान् । जग नै नभएको सरकार भएकाले अहिले थर्कमान छ । एउटा किलो गाडेको छ भने हल्लिँदैन । यसो थेप्चो थेप्चो पारेर राखेको छ भने हावा आएर पनि ढलिहाल्छ । यो सरकार त्यस्तै हो । गठबन्धन छ । जरा छैन ।

जनतामा निराशा बढ्न खतरानाक भएको उनको भनाइ छ । उनले अहिले अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा हुँदा व्यवसायीहरुले सरकारको साथ पाउन नसकेको बताए ।

उनले सरकारले सत्ता स्वार्थको मान्छेको ज्यान लिने व्यक्तिहरुलाई छाडेकोप्रति अदालतले चालेको कदम स्वागतयोग्य भएको बताए ।

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com