काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले आफूले थालेको आन्दोलनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहलाई आग्रह गरेका छन् ।

शुक्रवार अपराह्न आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले गोपी हमाल, भीम रावल लगायतलाई पनि आफूले थालेको अभियानमा आउन आग्रह गरे ।  उनले रवि लामिछानेलाई मिसन २०८४ छोडेर आजका लागि सडकमा आउन आग्रह गर्दै त्यो बेलासम्म देश खाली भइसक्ने दाबी गरे ।

आज एमाले अध्यक्ष केपी ओलीले आफूलाई पक्राउ गराउनका लागि प्रधानमन्त्री प्रचण्डलाई चार पटक फोन गरेको आफूले सूचना पाएको पनि प्रसाईंले दावी गरेका छन् ।
दुर्गा प्रसाईं

प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com