काठमाडौं । राजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् ।

कार्यक्रमका लागि राजा ज्ञानेन्द्र शुक्रबारै झापा पुगेका थिए । उनी बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट नारावाजी र र्‍यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थलमा ल्याइएको थियो ।

राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई विर्तामोडसम्म ल्याएका थिए । विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट राजा ज्ञानेन्द्र हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समेत नारावाजी भएको थियो ।

शालिक अनावरणपछि शाहले केहिवेर सांस्कृतिक कार्यक्रम अवलोकन गरेर निस्किएका थिए । शाहले भने कार्यक्रममा सम्बोधन गरेनन् ।

कार्यक्रममा राष्ट्रिय गान भन्दै ‘रातो र चन्द्र सूर्य’ बोलको गीत प्रस्तुत गरिएको थियो । काठमाडौंमा दुर्गा प्रसाईंले व्यवस्था परिर्वतन गर्ने भन्दै प्रदर्शन गरिरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संयोजन गरेको कार्यक्रममा शाह उपस्थित भएका हुन् ।
कार्यक्रम लक्षित गरेर शनिबार झापामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com