काठमाडौँ । अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको बर्खास्तीको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गरी डा.केसीले मन्त्री बस्नेतको बर्खास्तीको माग गरेका हुन् ।

डा.केसीले बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हाले देखिनै माफियाको पक्षमा लबिङ गरिरहेको आरोप लगाएका छन् । ‘माफियाहरूका नाइके स्वास्थ्य मन्त्री बस्नेत पदमा रही रहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप हो’ केसीले विज्ञप्तिमा भनेका छन् ।

‘स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग स्वास्थ्य सम्बन्धी न ज्ञान छ न अनुभव । न उनी जान्ने प्रयास नै गर्छन् । ठुला मुखे गैर जिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दै छन्, यो राजनीतिक तथा सामाजिक अपराध हो’ डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव नै नभएको बताउँदै उनले त्यो क्षेत्रका बारेमा जान्ने प्रयास समेत नगरेको बताएका छन् ।  स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूले पेट काटेर तिरेको करबाट तलब–भत्ता खाने र सुविधा उपभोग गर्ने स्वास्थ्य मन्त्रीले उनीहरूको भोको पेटमा लात्ती हानी रहेको केसीको आरोप छ।

विज्ञप्तिमा २०८० सम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठानको निर्माण गरी सञ्चालनमा ल्याइसक्नुपर्ने काम रोकिएको आरोप समेत लगाइएको छ ।

सरकारी प्रादेशिक अस्पतालहरूमा नर्सिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न मापदण्ड पूरा भए पनि मन्त्री र माफियाहरूलाई फाइदा नभएकाले वास्ता नगरेको डा.केसीको आरोप छ ।
डा. गोविन्द केसी

प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com