काठमाडौँ । राजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच आइतबार भेटवार्ता भएको छ । झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका राजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका हुन् ।

धुलाबारीस्थित मेची क्राउन प्लाजामा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएपनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन । राप्रपाका नेताहरुका अनुसार राजाले राजावादीहरुसँग सामूहिक भेट गरेपछि लिङ्देनसहितका राप्रपाका केन्द्रीय नेताहरुसँग पनि छुट्टै भेटवार्ता गरेका हुन् ।

सामूहिक भेटमा भने उपस्थित राजावादीहरुले शनिबार बिर्तामोडमा आयोजित कार्यक्रम भव्य भएको बताएका थिए । उनीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको जिकिर गर्दै सबै राजावादी समूह एकजुट हुने बेला आएको समेत बताएका थिए ।  यस्तै राजावादी पार्टी भएकाले राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्नेमा पनि जोड राजावादीहरुले गरेका थिए । सो क्रममा राजा ज्ञानेन्द्र शाहले भने कुनै प्रतिक्रिया नदिइकन सहभागीहरुको धारणा सुनेका थिए ।

त्यसपछि शाहले राप्रपाका नेताहरुसँग छुट्टै भेट गरेका हुन् । भेटमा राप्रपाका नेताहरु रामकुमार सुब्बा, रोशन कार्की, सगुन लावती, राम थापा, राजेन्द्र गुरुङ, एजी शेर्पालगायतको सहभागिता रहेको बताइएको छ ।

प्रकाशित मिति: १० मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com