काठमाडौं । नेपालमा चुरोट तान्ने व्यक्तिहरूको सङ्ख्या घटेको छ।

वर्ल्ड अफ स्टाटिक्स्ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २००० देखि २०२० बिचमा नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या ३४ दशमलव १ प्रतिशतले घटेको छ। तथ्याङ्कमा उल्लेख ४३ देशहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपालमा चुरोट तान्नेहरूको सङ्ख्या घटेको जनाइएको छ।

विश्वकै तथ्याङ्क हेर्ने हो भने ११ दशमलव १९ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको छ।

छिमेकी भारतमा २७.३ र चीनमा १.१ प्रतिशतले चुरोट तान्नेहरूको सङ्ख्या घटेको बताइएको छ। चुरोट तान्नेहरूको सङ्ख्या घट्दै नघटेको देश इजिप्ट हो। जोर्डनमा ४.१ प्रतिशतले चुरोट तान्नेको सङ्ख्या बढेको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com