काठमाडौँ । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ ।

अधिकारीहरूले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गए राति साढे १० बजेतिर ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ ३२ किलोमिटर थियो ।

भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्सको सिस्मोलोजी एजेन्सी फिवोलक्सका अनुसार सुनामीको लहर फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा आउन सक्ने र चार घण्टासम्म जारी रहने अनुमान गरिएको छ । जापानको सरकारी टेलिभिजन एनएचकेले भूकम्पपछि एक मिटर माथिसम्म समुद्री छाल आउन सक्ने चेतावनी जारी गरिएको जनाएको छ । यो चेतावनीपछि दक्षिण–पश्चिमी जापानी तटसम्मका वस्ती खाली गराउन सुरु गरिएको छ ।

सुनामीको चेतावनीपछि समुद्रमा रहेका डुंगाहरुलाई अर्को सूचना जारी नभएसम्मका लागि सतर्कता अपनाउन भनिएको छ । साथै सुरिगाओ डेल सुर र दावाओ ओरियन्टल प्रान्तका समुद्री किनारका वस्तीलाई तुरुन्त हटाएर प्रभावित क्षेत्रभन्दा टाढा रहन भनिएको छ ।

फिलिपिन्समा भूकम्प जानु सामान्य मानिन्छ । फिलिपिन्स प्रशान्त महासागरको चारैतर्फ घुम्ने ज्वालामुखी प्रभावित क्षेत्र हो । त्यसलाई ‘रिङ्ग अफ फायर’ पनि भनिन्छ, जहाँ भुइँचालोको गतिविधि भइरहन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com