काठमाडौं । भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन भएको छ।

मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा उनको निधन भएको हो। उनको निधन भएको खबर सिआइडीमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले पुष्टि गरेका हुन्।

‘दिनेश लामो समयदेखि बिमार थिए। उनलाई हृदयाघात भएको थिएन। तर स्वास्थ्यमा समस्या देखिएको थियो। मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,’ उनले भने।
उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ। गतशुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

दिनेशले ‘सिआइडी’ सँगै अन्य टेलिशृंखला र फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com