काठमाडौं । इनारमाथि नाचेको  भिडिओको विषयमा गायक प्रकाश सपुतले माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत सपुतले आफू लज्जित भएको माफी मागेको बताएका हुन्।

उनले लेखेका छन्, ‘यो भिडियोको सर्जक,  गायक,  निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होइन ! म कलाकारको रुपमा त्यहाँ थिए र मलाई त्यसरी इनार माथि चढ्न हुदैन्थ्यो भन्ने हेक्का त्यति खेर भएन। मेरो अज्ञानता प्रति लज्जित छु। विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवास् समुदाय  प्रति क्षमा चाहन्छु। अन्जानबस  यो दृश्यले संसारभरी रहनुभएका प्रिय शुभेच्छुकहरूलाई निराश बनाएको मा म दुखी छु। मनै देखि दुखी  छु।’

४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका थिए।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com