काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादमा कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेकाले सरकार परिवर्तन हुनुपर्ने बताए ।

सरकारले जनतामा आशा जगाउन नसकेको भन्दै उनले काँग्रेसको नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्न सक्ने दाबी गरे ।

‘सरकारसँग जनता निराश छन्, जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ’, नेता कोइरालाले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व काँग्रेसले लिनुपर्छ, अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’

कोइरालाले मुलुक आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे ।

आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै उनले भने, ‘लोकतन्त्रमा अङ्कको खेल हुन्छ, हामीसित दलको नेता फेर्ने संख्या छैन ।’

एनसेल प्रकरणबारे पत्रकारहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोविना एनसेल प्रकरण हुनै नसक्ने ठोकुवा गरे ।

प्रकाशित मिति: २८ मंसिर २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com