सिन्धुपाल्चाेक – खुकरी प्रहार गरेको आरोपमा एमालेका एक वडाध्यक्षका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चाेकका पाँचपोखरी थाङपाल गाउँपालिका ७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका सुके तामाङ रहेका छन् ।

खुकरी प्रहारबाट घाइते हुनेमा माओवादी केन्द्र निकट वाईसीएल नेपाल अन्तर्गत प्रचार प्रसार समितिका सदस्यहरू जीवन पुरी, विनोद गिरी र रोहित गिरी रहेका छन् । उनिहरुलाई उपचारका लागि काठमाण्डौको न्युरो अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।खुकरी प्रहारमा संलग्न देवराज गुरुङको खोजी भइरहेको पनि उनले बताए ।

आक्रमणकारीले वाईसीएलका कार्यकर्ताले प्रयोग गरेको मोटरसाइकलसमेत पूर्णरूपमा नष्ट गरेको बताईएको छ । उक्त विषय लाई लिएर नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै विज्ञप्तिमा दोषीलाई कारबाहीको माग गरेको छ ।

यसैबीच पूर्व सामाजिक विकास मन्त्री तथा वागम्ती प्रदेश सांसद युवराज दुलाल ‘शरद’उपचार गराइरहेका घाइतेहरूलाई भेट्न न्युरो अस्पताल पुगेका छन् । डाक्टरले सीटी स्क्यान गरेर मात्र आफूलाई घाइतेहरूकाे अवस्थाको बारे केहि बताउन सकिने जानकारी दिएको उनले बताए ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com