काठमाडौँ —नेपाली कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ठाडो आचारसंहिता उल्लंघन गर्दा पनि विपक्षी दलहरु माथि कारबाही नभएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता महतले एमालेबाट ठाडो आचारसंहिता उल्लघंन भइरहेको तर निर्वाचन आयोग ले वास्ता नगरेको बताए ।

उनले भने -‘हामीले केही गरेमा स्पष्टिकरण सोध्ने निर्वाचन आयोगले विपक्षीबाट ठाडो उल्लंघन भइरहेकोछ र पनि कारबाही भएको छैन । विपक्षी दलले ठाडो उल्लंघन गरेको छ । यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउँन चाहन्छु ।’

 

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com