काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) माथि खनिएका छन्। उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए। 

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ?’ 

‘सुरूवातमै ठग । दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ? मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन? आँटचाहिँ केही छैन। जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ। फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि!’ 

बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका थिए। ‘यस्तो मानिसको पछि युवा लाग्ने?,’ उनले भने, ‘उहाँहरूसँग मैले प्रतिस्पर्धा गर्नु छैन।’ 

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com