काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मङ्गलवार कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान पुष्टि भएको जनाएको हो ।

समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै छैन । डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो सवभेरिएन्ट बीए टू डट एट सिक्सको वंशज हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको संक्रमणबाट ज्वरो आउने, सिगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् । कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।

नेपालमा अहिलेसम्म कोरोनाको पुरानै ओमिक्रोन भेरियन्ट रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीले बताए । उनका अनुसार अहिले १२ वटा स्याम्पल जीन सिक्वेन्सिङका लागि प्रोसेसमा राखिएको छ । सोमबारसम्म यसको रिर्पोट आउने उनले बताए ।

भारतमा देखिएको नयाँ भेरियन्ट नेपालमा छ छैन भन्ने बारे रिपोर्ट आएपछि मात्र थाहा लाग्ने उनको भनाइ छ ।

प्रकाशित मिति: ४ पुस २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com