काठमाडौँ । आफ्नो अभिव्यक्तिलाई लिएर विरोध हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो भाषण सबै सुन्न आग्रह गरेका छन् । उनले आफ्नो भनाइलाई काटँछाट गरिएको दाबी गरे ।

‘क्रिष्टियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने तपाईँको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको छ नि ? भन्ने प्रश्नमा छोटो प्रतिक्रिया दिँदै मन्त्री किराँतीले भने, ‘मैले सहिष्णुता कायम गरौँ, संविधानले स्वीकारेको कुरा र संविधानलाई पालना गरौँ । कोही अतिवादी नहाैँ र समाजलाई साम्प्रदायिक भड्कावमा नलैजाउ भनेको हुँ ।

पटकपटक इतिहासमा साम्प्रदायिक दङ्गा भड्काउने नेपाली समाजमा कोसिस भएको भन्दै मन्त्री किराँतीले यसलाई नेपाली जनताले अस्वीकार गरेको बताए । ‘क्रिष्टियन मात्र होइन, जुनसुकै धर्मावलम्बी, जातजाति, भाषाभाषिलाई नमान्नु गैर संवैधानिक हो । संविधानले त मानेको छ । गैर संवैधानिक कोही नहाैँ । संविधानलाई नमान्ने देशद्रोही हो नि त,’ उनले भने, ‘सहिष्णुता कायम गरौँ, संविधान पनि पालना गरौँ ।’

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com