काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज (बिहीबार) मधेश प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले छिट्टै कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन् । उनले अब कांग्रेसले संघदेखि वडासम्म नेतृत्व गरेर सुशासन, समृद्धि र जनताको पक्षमा काम गर्ने बताए ।

‘केही महिनामै कांग्रेसको प्रधानमन्त्री पनि बन्छ। सिंगो देशको जिम्मा हामीले लिन्छौं,’– उनले भने ।

एमालेले जबसम्म केपी ओली प्रधानमन्त्री बन्दैनन् तबसम्म यो देश बन्दैन भनेर गलत प्रचार गरेको भन्दै उनले आपत्ति जनाए । उनले कांग्रेस नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्ने दाबी गर्दै मिसन ०८४ आवश्यक नरहेको बताए ।

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको आगामी पुस १० गते एक वर्ष पूरा हुँदैछ । गठबन्धन दलका नेताहरुका अनुसार प्रचण्ड पहिलो दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल एक वर्ष र बाँकी दुई वर्ष कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सो सहमतिअनुसार कांग्रेस नेतृत्वको सरकार बन्न अझै दुई वर्ष कुर्नुपर्ने हुन्छ । तर, गगनले मधेश पुगेर केही महिनामै कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

प्रकाशित मिति: ५ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com