पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।

ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताए ।

‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ,’ उनले भने, ‘कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’  प्रत्यक्षदर्शी सौगात पोखरेलका अनुसार उनले ताकेरै लामिछानेलाई प्रहार गरेका थिए ।   ‘हानेको हो । हामीले देखेका थियौं,’ उनले भने ।

प्रकाशित मिति: ७ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com