काठमाडौं– काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा  बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला केन्द्रित बहस सुरू भएको थियो। पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण सुनुवाइ हुन सकेको थिएन।

बुधबारदेखि सन्दीपका तर्फबाट बहस सुरु भएको छ। बुधबार अधिवक्ता मुरारी सापकोटाले सन्दीपका तर्फबाट ओपनिङ बहस गरेका थिए।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com