काठमाडौँ । रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि उनले त्यसरी अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अवतरण गरिएको थियो।

अवतरणमा कुनै यात्रुहरू घाइते भने नभएको बताइएको छ । बिहीबार बिहान रुसी समयमा भएको उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ ।

रुसको सुदूरपूर्वको प्रान्त शाखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणको लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।

 

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com