काठमाडौं । ललितपुरको बालकुमारी सडक क्षेत्रमा भएको झडपमा दुई जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

प्रदर्शनकै  क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गरेको सवारी साधनमा आगजनी गरेको पाइएको भन्दै आयोगले गाडीमा सवार सबैजना सकुशल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको जनाएको छ ।

यस सम्बन्धमा थप अनुगमन गर्नका लागि आयोगको टोली आजै घटनास्थलतर्फ गइसकेको प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com