काठमाडौं । ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउतको मृत्यु भयो । गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो ।

जिल्लाको महाबु गाउँपालिका–६ रानिवनका स्थानीय भक्त बहादुर राउत र नन्दकुमारी कटवाल राउतका जेठा छोरा सुजन २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

सुजनका मामा यमराज कटुवलकाअनुसार नेपालमा कसैगरी पनि काम नपाए पछि सुजन रोजगारीका लागि कोरिया जाने तयारीमा थिए । ‘भान्जाले ३ वर्षे ओभसियर पढेर नेपालमा रोजगारीका लागि धेरै प्रयास गरे तर काम पाएनन्,’ मामा कटुवालले बिक्षिप्त हुँदै भने, ‘तर, भान्जा काठमाडौंमै अस्ताएको खबर आयो।’

सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । घरमा सुजनको आमा र एक भाई छन् । मामा कटुवालकाअनुसार घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर सञ्चार माध्यामबाट आएपछि आमा नन्दकुमारी र भाइ अर्धचेत अवस्थामा छन् ।

शुक्रबार दिउँसो करिब १२ वजे झडपमा परी घाइते भएका उनलाई उपचारको लागि किस्ट अस्पताल लगिएको थियो । चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यसपछि मेडिकल टिमले सिपिआर गरेपनि सफल नभएपछि सवा १ बजे मृत घोषणा गरिएको थियो । उनको छातिमा निल डाम देखिएको छ ।

  • -सिधाकुरा

प्रकाशित मिति: १३ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com