काठमाडौँ ।  नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले छानबिन गर्नुपर्ने माग गरेका छन्।

रास्वपा सभापति लामिछानेले बिना लगानी १५ प्रतिशत सेयर लिनु गैरकानुनी भएको उनको भनाइ छ।

प्रेस चौतारी नेपाल सङ्खुवासभाले शुक्रवार खाँदवारिमा गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले साम्राज्यवादी शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेको पनि बताएका छन् ।

राष्ट्रिय युवा संघ संखुवासभाको अधिवेशन उद्घाटनका क्रममा बिहीवार संखुवासभा पुगेका नेता बस्नेतले विदेशी शक्तिले नेपालमा अस्थिरता ल्याउन विभिन्न हर्कत गरेको आरोप लगाए।

नेता बस्नेतले कोशी प्रदेशमा पहिचानका नाममा द्वन्द्व सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com