काठमाडौं । भारतको कर्नाटकस्थित गुरुगामल्ला गाउँको एक सरकारी विद्यालयकी महिला प्रधानाध्यापकलाई यतिबेला ‘मर्नु न बाँच्नु’ भएको छ। आफ्नै पुरुष विद्यार्थीसँग रोमान्टिक पोजमा खिचेका तस्वीरहरु भाइरल भएपछि उनलाई तनाव भएको हो।

कक्षा १० का विद्यार्थीसहित ती प्रधानाध्यापिका शैक्षिक भ्रमणमा गएकी थिइन्। त्यही अवसर पारेर उनले नाबालक विद्यार्थीसँग रोमान्टिक तस्वीरहरु खिचाएकी थिइन्।

भाइरल भएको तस्वीरमध्ये एउटामा विद्यार्थीले प्रधानाध्यापिकाको साडी तानेका छन् भने अर्कोमा गालामा चुम्बन गरेको देखिन्छ। त्यस्तै, अर्को तस्वीरमा विद्यार्थीले उनलाई आफ्नो अंगालोमा उचालेका छन्।

साडीमा सजिएकी ‘गुरुआमा’सँग रोमान्स गर्ने ती विद्यार्थीले भने जिन्सको पाइन्ट र कुर्ता लगाएका छन्। यी तस्वीरहरु भाइरल भएसँगै विद्यार्थीका अभिभावकहरुले आक्रोश पोख्दै प्रधानाध्यापिकालाई कारवाहीको माग गरेका छन्।

शिक्षिकाले नाबालक विद्यार्थीसँग यस्ता अनैतिक हर्कत गर्नु लज्जास्पद घटना भएको अभिभावकहरुको बुझाइ छ। विद्यालयको व्यवस्थापन समितिले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १४ पुस २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com