काठमाडौं । भारतबाट प्रकाशित ‘इन्डिया टुडे इन’ ले प्रकाशन गरेको समाचार अनुसार भ्लगर उमामाथि भिडिओ मार्फत साम्प्रदायिक सद्भाव भड्काउने प्रयास गरेको आरोप छ।

त्यसैगरी पूर्व मुख्यमन्त्री पवन चामलिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोप पनि उनलाई लागेको थियो। उनको पक्राउलाई पुष्टि गर्दै एसकेएमले जारी गरेको विज्ञप्तिमा राजनीतिक प्रेरित भिडियो कन्टेन्ट सार्वजनिक गरेको र पूर्व मुख्यमन्त्री चामलिङको आडमा सर्वसाधारणलाई ध्रुवीकरण गर्न खोजेको आरोप छ।

भ्लगर उमाले पुस ८ गते पूर्व मुख्यमन्त्री पवन चामलिङसँग खिचेको फोटो र केही भिडियोहरु फेसबुकमा सार्वजनिक गरेकी थिइन् भने पुस १० गते वन झाँक्री गुफा र ११ गते ४ धाम सिक्किम घुमफिर गरेको भिडिओ सामग्री सेयर गरेकी थिइन्। भिडियोमा सिक्किममा पुस १४ गते साकेला मनाउन आह्वान गरेको सामग्री पनि थियो। यी नै कुरालाई आधार मानेर शीला राईले गरेको उजुरी अनुसार उनलाई पक्राउ गरेको पारिवारिक स्रोतले जनाएको छ।

कतिपयले भने आगामी अप्रिल २०२४ मा हुने विधान सभा चुनावमा दोस्रो कार्यकाल मुख्यमन्त्रीको लक्ष्य बनाउँदै मुख्यमन्त्री तामाङ चुनावी तयारीमा छन्। उमाको गतिविधिले उनका चुनावी प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री पवन चामलिङलाई बल पुग्ने देखिएर मुख्यमन्त्री तामाङले पक्राउ गराएको अनुमान गरिएको छ। उमा केही वर्षयता विभिन्न अर्ग्यानिक कन्टेन्ट पस्कँदै सामाजिक सञ्जालमा भाइरल गर्ने स्थापित भ्लगरको रुपमा परिचित छिन्।

पर्यटकको रुपमा घुमफिर गर्न सिक्किम पुगेकी उनी यसअघि ५ कार्यकाल मुख्यमन्त्री भइसकेका सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडिएफ) का नेता पूर्व मुख्यमन्त्री पवन चामलिङसँग फोटो खिच्दै विभिन्न सन्देश फेसबुकमार्फत सेयर गर्दै थिइन्।

बहालवाला मुख्यमन्त्री पिएस र पूर्व मुख्यमन्त्री चामलिङबीचको चुनावी कोपभाजनमै उमालाई पारिएको अनुमान पनि धेरैले गरेका छन्। उनको पक्राउको विषयलाई लिएर नेपाली समुदायले भर्त्सना गरेको छ।

दुई मुख्यमन्त्रीबीचको चुनावी टकराबको बीचमा घुम्न गएकी भ्लगर उमालाई अनाहकमा पक्रेर थुन्नु मानव अधिकारको गम्भीर उल्लंघन भएको नेपाली समुदायको प्रतिक्रिया छ। उनीहरुले सिक्किम सरकारको यस्तो कदम भर्त्सनायोग्य भएको भन्दै बिना सर्त रिहा गर्न माग गरेका थिए।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com