काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले दिएको सार्वजनिक बिदा पुन: फिर्ता लिएको छ।

बिहीबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा पालिकाले सार्वजनिक सुचना जारी गरी सार्वजनिक बिदा दिएको थियो।

सार्वजनिक बिदा दिने निर्णय गरेर पुन: छलफल गर्दा उचित नभएको धारणा आएपछि फिर्ता लिएको गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले बताए।

उक्त गाउँपालिका भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ समेत सहभागी हुनेछन्।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com