काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा आफूलाई दोषीका रूपमा देखाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा गृहमन्त्री र प्रहरी प्रमुखले मन्त्रीको गाडी नपुगेको भए परिस्थिति त्यस्तो नहुने बताएका थिए । त्यसको भोलिपल्ट मङ्गलवार बिहान आफ्नो पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लिएर मन्त्री ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका थिए ।

उनले गृहमन्त्रीले दोषजति आफूतिर सोझ्याएर जोगिन खोजेको गुनासो गरेका थिए । ईपीएस कोरिया शाखाका कारण विवाद उत्पन्न भएको र सुरक्षा व्यवस्थामा भएको कमजोरीका कारण दुर्घटना हुन पुगेको मन्त्री ज्वालाले बताएका छन् ।

प्रदर्शनकारीले रोकेपछि आफूहरू गाडी छाडेर आएको र सुरक्षा निकायले त्यसको सुरक्षा गर्न नसकेको मन्त्री ज्वालाले बताए ।

यसमा जिम्मेवार निकायले आफूलाई देखाएर कमजोरी लुकाउन खोजेको उनको गुनासो छ । शुक्रबारको घटनापछि मृतकका परिवारलाई संवादमा ल्याउने र सहमति गराएर परिस्थितिलाई सामान्यीकरण गर्न आफूले भूमिका खेलेको भए पनि राज्य व्यवस्थामा घटना आफूतिर सोझ्याउन खोजेको मन्त्री ज्वालाले गुनासो गरे ।

जवाफमा प्रधानमन्त्री ‘प्रचण्ड’ले भने परिस्थिति एकाध दिनमा सहज हुने बताएका थिए । साथै भौतिक पूर्वाधार ठूलो बजेट र परियोजनाहरू जोडिएको मन्त्रालय भएकाले कामको गति झन् बढाउन आग्रह गरेको मन्त्री ज्वालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com