काठमाडौँ । जिल्ला अदालत काठमाडौँ परिसरबाट एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।
उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८ पुस २०८०, बुधबार
प्रतिक्रिया