काठमाडौं । राजा ज्ञानेन्द्र शाहले भैरहवामा सम्बोधन गर्ने भएका छन् । बिहीबार (भोलि) नागरिक अभिनन्दनपछि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

बिहीबार दिउँसो राजाको नागरिक अभिनन्दन कार्यक्रम यसअघि नै तय भैसकेको छ । यसअघि विभिन्न ठाउँमा नागरिक अभिनन्दन भए पनि राजाले कमै मात्र सम्बोधन गरेका छन्।

एक महिना उपत्यका बाहिर रहने पूर्वराजा वीरगञ्जसमेत जाने कार्यक्रम रहेको छ।

गत साता राजाले कपिलवस्तुको शिवराजनगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको नेपाल एकीकरणका पिता पृथ्वीनारायण शाहको जंगी शालिकको अनावरण गरेका थिए।

 

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com