काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् ।

व्यापार कम्पनीले दसैँ-तिहार लक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दसैँ तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ वटा च्याङ्ग्रामध्ये गएराती २० वटा च्याङ्ग्रा मरेको कम्पनीले बताएको छ । कम्पनीले दसैँ तिहारको लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्नको लागि ५ सय ४२ वटा च्याङ्ग्रा ल्याएको थियो ।

बुधवार साँझसम्म स्वास्थ्य अवस्थामा रहेका च्याङ्ग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले बताइन् । उनले दसैँ-तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ वटा च्याङ्ग्रामध्ये २० वटा बिहीबार मरेको बताइन् । उनले बुधवार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा बिहीबार बिहान मरेको अवस्थामा पाएको बताइन् । उनले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको बताइन् ।

उनले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सिसिटिभी फुटेजमा देखिएको बताइन् ।

केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी साहीले च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेको देखिएको बताए । उनले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको बताए ।

कम्पनी ल्याएका ५ सय ४२ वटा च्याङ्ग्रा बिक्री हुन नसकेर कम्पनीमा नै राखेको थियो । गत वर्ष १६२ च्याङ्ग्रा खरिद बिक्री भएको आधारमा यो वर्ष बढी च्याङ्ग्रा खरिद गरेपनि अपेक्षाअनुसार बिक्री नहुँदा च्याङ्ग्रा कम्पनीले पालन गर्दै आएको थियो ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com