काठमाडौं -निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दलहरूलाई सचेत गराएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले ति दललाई सचेत गराएको हाे ।आयोगले सचेत गराएका दलहरुमा नेकपा माओवादी केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेकपा एकीकृत समाजवादि रहेका छन् ।                                                              यस्तै आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि सचेत गरायो। नेता कोइरालाले आफूले प्रतिनिधि सभाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए । अब उप्रान्त यस्ता अभिव्यक्ति नदिन उनलाई आयोगले सचेत गराएको छ । यस्तै आयोग बाट सचेत गराईएकामा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पनि रहेका छन् ।उनलाई पनि आचारसंहिता कार्यान्वयनप्रति आयोगले सचेत गराएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com