काठमाडौँ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलि लागेर मृत्यु हुनेमा सर्लाहीको बरहथवा नगरपालिका-६ का जयशंकर साह रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले मृतकको पहिचान भैनसकेको जनाए । उनका अनुसार झडपमा प्रहरीतर्फ सात जना घाइते भएका छन् ।
आक्रोशित समूहले वरहथवा नगरपालिकाका मेयर कल्पनाकुमारी कटवालको घरमा गएर तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com