काठमाडौँ । धरान उत्सवको उद्घाटनमा पुगेका काठमाडौँ महानगरका मेयर बालेन साहले धरान धेरै कुरमा अनुकरणीय भएको बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौँभन्दा पनि धरान फेसनमा अगाडि भएको बताए ।

धरान डे को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रम संस्कृति समेत अनुकरणीय रहेको बताए ।

‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरूले सरकारको बजेटविना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, साहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’

उनले उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौँमा आकाश भैरवलाई ।’

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com