एजेन्सी । भारतकाे एक बिद्यालयका शिक्षिका १४ वर्षका आफ्नै विद्यार्थीसँग भागेपछि प्रहरीमा उजुरी परेकाे छ । कक्षा ८ मा पढ्दै गरेका छोरा आफ्नै शिक्षिकासंग भागेपछि बाबुले प्रहरीमा उजुरी दिएका छन् ।

१४ वर्ष उमेरका उनका छोरा २६ वर्षकी शिक्षिकासंग भागेपछि बाबुले उजुरी दिएका हुन् ।घटना भारतको गुजरातको हो । गुजरातमा रहेको गान्धीनगरमा २६ वर्षीया शिक्षिका आठ कक्षामा पढ्ने १४ वर्षीय विद्यार्थीका साथ भागेकी हुन् ।

विद्यालयमा रहँदा उनीहरु निकै निकट थिए । शिक्षकले थुप्रै पटक शिक्षिकालाई चेतावनी पनि दिएका थिए । विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरी समक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका छन् । शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आराेप छ ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि भागेपछी प्रहरीमा उजुरी दिएका हुन् । प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिसकेकी थिइन् र विद्यालयका अधिकारीहरूले उनीहरूलाई चेतावनी समेत दिएका थिए ।

शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभै घटना भएको ती अधिकारीको भनाइ छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com